![](https://internal.appharu.com/wp-content/uploads/2022/05/harka-768x578.jpg)
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) आफै झाडु लिएर सडकको सरसफाइमा होमिएका छन् ।
उनले धरानको भानु चोकमा सरसफाइ गर्न सामाजिक सञ्जालन मार्फत स्थानीय बासिन्दालाई सफाइमा जुट्न आग्रह गरेका थिए । मेयर राई आफै सफाइ गर्न भानुचोक र बसपार्क क्षेत्रमा पुगेका थिए । उनले उक्त क्षेत्रमा सफाइ गरेका छन् ।
मेयर राइ भानु चौक वरिपरि सफाइ गरौँ, आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गरौ भन्दै सफाइमा जुटेपछि उपमहानगरका कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दाको पनि सहभागिता रहेको थियो ।
सफाइपछि मेयर राइले भानुचोकको सार्बजनिक शौचालयको निरीक्षण गरेका छन् । निरीक्षणपछि शौचालय तथा आसपासका क्षेत्रमा सफाइ गर्न निर्देशन दिएका छन् ।
SHARE YOUR THOUGHTS