![](https://internal.appharu.com/wp-content/uploads/2022/05/sirjana-rana-768x576.jpg)
काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज (निक्की)को अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छन् ।
राणा आगामी २ वर्षका लागि अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्षका रुपमा राणाको यो दोस्रो कार्यकाल हो ।
बिहीबार निक्कीको २६औं र २७औं वार्षिक साधारणसभामार्फत् नयाँ निर्वाचित कार्यसमिति घोषणा गरिएको थियो ।
नयाँ कार्यसमितिका सदस्यहरुमा अच्यूत खरेल, अरुण केसी, हेमराज ढकाल, हरितसिंह बेदी, कुणाल कायल, महेश बस्नेत, रमेश शर्मा, साहिवाल घोष र सुनिल केसी छन् ।
SHARE YOUR THOUGHTS