साढे २ करोडमा सरकारी बिक्री गर्न खोज्ने २ जना पक्राउ « Eglish Khabarhub

साढे २ करोडमा सरकारी बिक्री गर्न खोज्ने २ जना पक्राउ



काठमाडौं । सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् ।

केशव प्रसाद अधिकारी समेतले भक्तपुर साविक सुडाल गाविस-४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याउनुका साथै किता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा रहेको देखिएको छ ।

उक्त जग्गा बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको सूचना प्रहरीले पाएको थियो । उक्त खबर पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका–१० मालपोत गेटबाट पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको बताइएको छ ।

Publish on: