![](https://internal.appharu.com/wp-content/uploads/2022/05/dibaiya-768x429.jpg)
काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले कृषकलाई समयमा नै मल, खाद्य दिन नसक्ने मन्त्री र सम्बन्धित नियकालाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल गर्दै यस्तो माग गरेका हुन् ।
सांसद भण्डारीले नेपालमा सबैभन्दा ठूलो समस्या मल खाद्यमा रहेको बताए । मल खाद्यको समस्या समाधान समयमा नै गर्ने गरी बजेटको व्यवस्था गर्न आग्रह गरे ।
छलफलमा अन्तर्राष्ट्रिय दृष्टिकोणबाट नै गाँजालाई औद्योगिक र औषधी प्रयोगका लागि क्रान्तिकारी योजना बनाउन आग्रह गरे ।
सांसद राजभण्डारीले सरकारले आगामी आवको नीति तथा कार्यक्रम औद्योगिक उत्पादनका लागि सरकारले क्रान्तिकारी काम गर्न खोजेको बताए । यो कुरा स्वागतयोग्य भएको भएको उनको तर्क छ ।
औद्योगिक उ्रत्पादनमा सरकारले सहुलियत दिँदा ठूला उद्योगलाई मात्रै नदिई साता तथा मझौता उद्योगलाई प्रोत्साहन दिन सुझाव दिए ।
उनले देशमा खाने तेल, धागो जस्तो उद्योगलाई निर्यातमा प्रोत्साहन गर्न आग्रह गरे । राजभण्डारीले स्वदेशी शिप, क्षमता, कच्चा पदार्थ प्रयोग हुन सक्ने उद्योगलाई बढी प्राथमिकता दिन सुझाव दिए ।
सांसद राजभण्डारीले अहिलेको अवस्थामा नेपालमा उत्पादन भएका तेल, खाध्यान्नको निर्यातमा रोक लगाउन सुझाव दिए ।
आफ्नो जनतालाई आवश्यक पर्ने खाध्यान्न जोहो गरेर राख्नुपर्ने उनको तर्क छ ।
SHARE YOUR THOUGHTS