सरकारलाई सांसद लामाको प्रश्नः पुँजी बजारको विकास कसरी गर्ने ? « Eglish Khabarhub

सरकारलाई सांसद लामाको प्रश्नः पुँजी बजारको विकास कसरी गर्ने ?



काठमाडौं । सांसद नविना लामाले सरकारलाई पुँजी बजारको विकास कसरी गर्ने भन्दै प्रश्न गरेकी छिन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई यस्तो प्रश्न गरेकी हुन् ।

‘बुँदा नम्बर २० मा पुँजी बजारको विकास गर्ने भनेको छ’ उनले भनिन् ‘अर्थमन्त्री विष्णु पौडेल हुँदा ३२ सय बिन्दुमा पुगेको सेयर बजार अहिले घटेर २२ सयमा झरेको छ, नीति तथा कार्यक्रममा त्यसको बारेमा उल्लेख भएको देखिँदैन ।’

बैठकमा सांसद लामाले नेकपाको सरकारहुँदा ३२ सय बिन्दुमा पुगेको सेयर बजार गठबन्धनको सरकार बनेपछि घटेको दाबी गरिन । यो सरकार बनेपछि बजार २२ सयमा आएको उनको दाबी छ ।

Publish on: