
काठमाडौं । सांसद भिम बहादुर रावलले प्रधानमन्त्री शेर बहादुर देउवालाई अमेरिका गएर उप-सहायक रक्षामन्त्रीसँग किन भेट्न लागेको भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद रावलले प्रम देउवालाई यस्तो प्रश्न गरेका हुन् । उनले प्रम देउवाले अमेरिकाको भ्रमणका लागि नेपाली राजदुत श्रीधर खत्रीले परराष्ट्र मन्त्रालयमा कुरा नगरेर उप-सहायक रक्षामन्त्रीसँग किन कुरा गर्न लागेको भन्दै प्रश्न गरेका हुन् ।
रावलले एमसीसी सम्झौतापछि सैनिक गठबन्धनमा गएको हो ? भन्दै प्रश्न गरे । नेपालको सुरक्षा नीति राजपत्रमा प्रकाशित भएकोमा त्यसको कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् ।
उनले बैठकमा एमसीसी पारित गर्दा जारी गरेको १२ बुदे ब्याख्यात्मक घोषणापत्रमा राष्ट्रिय हितको सुरक्षा गर्ने भनेकोमा प्रम देउवाले संसदमा त्यो विषय किन पेश नगरेको भन्दै प्रश्न गरेका छन् ।
SHARE YOUR THOUGHTS