
काठमाडौं । यो वर्ष फागुनसम्म १६ हजार ९३९ किलोमिटर सडक कालोपत्रे भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा उक्त सडक कालोपत्रे भएको हो ।
अर्थ मन्त्रालयका अनुसार यो अवधिमा ८ हजार १११ किलोमिटर खण्डास्मित र ८ हजार ८२१ किलोमिटर कच्ची सडक गरी राष्ट्रियस्तरका सडकको लम्बाई ३३ हजार ८७१ किलोमिटर पुगेको छ ।
फागुनसम्म प्रादेशिक तथा स्थानीय स्तरका कच्ची, खण्डस्मित र कालोपत्रे गरी ६४ हजार ६१७ किलोमिटर सडक सञ्जाल पुगेको छ । अर्थका अनुसार फागुनसम्म ७३२ स्थानीय तह राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।
SHARE YOUR THOUGHTS