![](https://internal.appharu.com/wp-content/uploads/2022/05/eco.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म वैकल्पिक उर्जा सहित ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ ।
सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आवको ८ महिनाको अवधिमा ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको हो ।
फागुनसम्म कुल जडित विद्युत क्षमता २०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई २,२०५ मेगावाट पुगेको छ ।
२०७८ असारसम्म कुल जडित विद्युत क्षमता १,६८५ मेगावट रहेको थियो । प्रतिव्यक्ति विद्युत खपत २७० किलोवाट घण्टा पुगेको छ ।
SHARE YOUR THOUGHTS