
काठमाडौं । सरकारले जेष्ठ १५ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।
अर्थमन्त्री शर्माले नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्येयको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आईतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने छन् ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेश गरेका थिए ।
शनिबार नै सरकारको नीति तथा कार्यक्रम पास भएको छ । बजेट बनाउने क्रममा रहेको टोली रातभर नै अर्थमन्त्रालयमा बसेर काम गरेको थियो ।
अर्थमन्त्रालयले १७ खर्ब हारहारीको आकारको बजेट ल्याउने छ । मंसिरमा निर्वाचन भएको हुँदा सरकारले लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउने छ । सरकारले पूर्वाधार क्षेत्रमा प्राथमिकता दिने तथा लोकप्रिय बन्ने केही कार्यक्रमको घोषणा गर्ने छ । पछिल्लो समय विश्वमा खाद्यान्य संकटले गर्दा निर्यातमा प्रतिबन्ध लागेको तथा मूल्य बढेको हुँदा स्रोतमा निकै ठूलो चाप छ । यस्तो अवस्थामा सरकारले ल्याउन लागेको बजेटलाई सबैले चासोका साथ हेरेका छन् ।
SHARE YOUR THOUGHTS