
काठमाडौं । सरकारले बजेट मार्फत मध्यमवर्गलाई राहत दिने भएको छ ।
अहिले आयकरको सीमा व्यक्तिगत तर्फ अविवाहितको हकमा ४ लाख तथा विवाहितको हकमा साढे ४ लाख छ । यसलाई सरकारले बढाएर दम्पत्तिको हकमा ५ लाख तथा अविवाहितको हकमा ५ लाख बनाउने भएको छ ।
नयाँ व्यवस्था अनुसार अविवाहित व्यक्तिले वार्षिक ५ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्छ भने दम्पत्तिले साढे ५ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिनुपर्छ ।
आयकरको सीमा २ वर्षदेखि यथावत रहेको छ । सरकारले सरकारी कर्मचारीले पाउने तलबको आधारमा कर तिनुपर्ने न्यूनतम सीमा राख्ने हुँदा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरु मर्कामा पर्ने गरेका छन् ।
SHARE YOUR THOUGHTS