
काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा ६ लाख रुपैयाँ सम्म कमाउँदा १ प्रतिशत मात्रै कर लाग्ने छ ।
हाल आयकर ऐनअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्नु पर्छ । यस्तै दम्पत्तीले ४ लाख ५० हजार रुपैयाँसम्म कमाउँदा १ प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था थियो ।
SHARE YOUR THOUGHTS