

काठमाडौं । सरकारले जीवन बीमा गरेका नागरिकलाई वार्षिक रूपमा ४० हजार रूपैयाँसम्मको कर छुट दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै जीवन बीमा गर्ने नागरिकको आयकर वापत बुझाउनु पर्ने रकममा ४० हजार रूपैयाँसम्मको छुट गर्ने व्यवस्था गरिएको बताए ।
हाल नेपाल सरकारले प्रत्येक वर्ष २५ हजार रूपैयाँसम्म जीवन बीमा गर्ने नागरिकको आयकर बापत बुझाउनुपर्ने रकममा कर छुट गर्ने व्यवस्था गरेको छ । सरकारले सो छुट बढाएर ४० हजार रूपैयाँ पुर्याएको हो ।
बीमा समितिले सरकारलाई जीवन बीमा गर्नका लागि प्रोत्साहन हुने र बीमा सेवाको पहुँच अभिवृद्धिको लागि हाल कायम भएको व्यवस्थालाई बढाएर १ लाख रूपैयाँ कायम गर्न सुझाव दिएको थियो ।
SHARE YOUR THOUGHTS