त्रैमासिक रूपमा परिपालन प्रतिवेदन बुझाउन बीमा समितिको निर्देशन, नबुझाए कारबाही « Eglish Khabarhub

त्रैमासिक रूपमा परिपालन प्रतिवेदन बुझाउन बीमा समितिको निर्देशन, नबुझाए कारबाही


१८ जेष्ठ २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई त्रैमासिकरूपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै नियमित रूपमा परिमालन प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर संचालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूलाई निर्देशन दिए ।

निर्देशक लालले बीमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरूपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको र समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको उल्लेख गरे ।

उनले तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने बताए ।

बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिम कम्पनीहरूले परिपालन नियुक्ति गर्नुपर्ने व्यवस्था छ । बीमा, व्यवस्थापन, वाणिज्यशास्त्र वा कनून विषयमा कम्तिमा स्नातक वा सो सरहको उपाधी प्राप्त व्यवस्थापक तहका आफ्ना अधिकृतमध्येबाट परिपालन (कम्प्लाइन्स) अधिकृत तोक्नु पर्ने व्यवस्था छ ।

ती अधिकृतहरूले ऐन तथा नियमावली, बीमा समितिबाट समय समयमा जारी भएका निर्देशिका, निर्देशन, मार्गदर्शन तथा परिपत्र अनुरूप गर्नुपर्ने कुरा, समितिले बीमकको नियमन, निरीक्षण वा सुपरीवेक्षण गर्दा सम्बन्धित बीमकलाई दिइएको निर्देशन पालना भए नभएको बारेमा त्रैमासिक प्रतिवेदन तयारी पार्नु पर्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ००:००  ८ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping