![](https://internal.appharu.com/wp-content/uploads/2021/09/mof-768x440.jpg)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश, स्थानीय तह र पालिकाहरुलाई ४ खर्ब २९ अर्ब ८३ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेटमा ७५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ । सरकारले आगामी आवमा ७ वटा प्रदेशका लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख, उपमहानगरपालिकालाई १० अर्ब ४२ करोड ३१ लाख, नगरपालिकालाई १ खर्ब ३३ अर्ब ४६ करोड २ लाख रुपैयाँ र गाँउपालिकालाई १ खर्ब ४६ अर्ब १७ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले आगामी आवका लागि प्रदेश, स्थानीय तह, महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र गाँउपालिकामा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा उक्त रकम विनियोजन गरेको जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/image-3-768x277.png)
SHARE YOUR THOUGHTS