![](https://internal.appharu.com/wp-content/uploads/2019/02/parliament-nepal-samsad-2.jpg)
काठमाडौं । प्रतिनिधिसभा मूल्य वृद्धिसम्बन्धमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस गरेको छ ।
एमालेका सांसद विशाल भट्टराईले उक्त प्रस्ताव पेश गरेका छन् । पेट्रोलियम पदार्थ लगायतका वस्तुमा मूल्यवृद्धि भएको भन्दै संसदमा यस्तो प्रस्ताव दर्ता गरिएको छ । उक्त प्रस्तावको समर्थनमा यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् ।
उक्त प्रस्ताव पेस भएपछि अहिले संसदमा सांसदहरुले धारणा राख्ने क्रम जारी रहेको छ । धारणा राख्ने सांसदहरुले अस्वभाविक रुपमा बढेको मूल्यवृद्धि नियन्त्रण गर्न अधिकारसहितको संसदीय छानविन समिति बनाउन आग्रह गरेका छन् ।
अस्वभाविक रुपमा मूल्यवृद्धि भएका कारण बजार अनुगमनलाई प्रभावकारी बनाउन समेत सांसदहरुले माग गरेका छन् । इन्धनको मूल्य बढ्दा जनताको भान्सामा सिधै असर पर्ने सांसदहरुको भनाइ छ । यो विषयमा शुक्रबार संसदमा २ घन्टा छलफल हुनेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/285191498_557510136024506_6667774286249282007_n-559x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/घ-625x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/284811303_577824933777242_7615330688726653309_n-587x768.jpg)
SHARE YOUR THOUGHTS