![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको पहिलो कारोबारमा बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । यो दिनको कारोबारमा बजार मापन गर्ने सूचकका साथै कारोबार रकम समेत निकै घटेको छ ।
बजार मापन गर्ने सूचक १५.८२ अंकले घटेर परिसूचक २०३२.३४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनी कारोबार मापन गर्ने सूचक २.३० अंकले घटेर ३८९.९५ बिन्दुमा रोकिएको छ ।
२३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
बैंकिङ समूहको ११.२, विकास बैंक १६.७३, जलविद्युुत ५.२२, वित्त कम्पनी १७.२८, निर्जीबन बीमा ५१.५, माइक्रोफाइनान्स २८.०२, जीवन बीमा समूहको उपसूचक १४०.८४ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/image-8-608x768.png)
SHARE YOUR THOUGHTS