राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा « Eglish Khabarhub

राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा



काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई सरुवा गरेको छ ।

पौडेललाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हाे । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट हटाएपछि पौडेलले आफ्नो कार्यकालमा गरेका काम समेट्दै प्रेस विज्ञप्ती जारी गरेका छन् ।

सरकारले गत असोज १८ गते पौडेललाई विभागको महानिर्देशक नियुक्त गरेको थियो । बहुराष्ट्रिय कम्पनी कोकाकोलालाई कर छलि प्रकरणमा मुद्दा दायर गर्नु, क्रिप्टोकरेन्सीको अनुसन्धान गर्नु, धान भन्दै चिनी ल्याउनेलाई कारबाही गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भएको पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले पौडेललाई पदबाट हटाएपनि विभागमा नयाँ महानिर्देशक भने नियुक्त गरेको छैन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय अन्तर्गत रहेको विभागमा प्रधानमन्त्रीले विभागीय प्रमुख नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

स्रोतका अनुसार झलकराम अधिकारीलाई विभागको महानिर्देशक बनाउने गरि प्रधानमन्त्री कार्यालय ल्याइएको छ । ‘अधिकारी सरलाई महानिर्देशक बनाउने गरि ल्याइएको चर्चा प्रधानमन्त्री कार्यालयमा छ’, स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीले निर्णय नगर्दासम्म केही भन्न सकिदैन् ।’

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा भएका पौडेलले भने रक्षा मन्त्रालय जाने तयारी गरेका छन् ।

Publish on: