मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।