अपडेटः आधा घन्टामा ३५.७४ अंकले घट्यो बजार « Eglish Khabarhub

अपडेटः आधा घन्टामा ३५.७४ अंकले घट्यो बजार



काठमाडौं । सोमबार सेयर कारोबार सुुरु भएको आधा घन्टामा बजार ३५.७४ अंकले घटेको छ । बजार ३५.७४ अंकले घटेर परिसूचक १८९८.३८ बिन्दुमा रहेको छ ।

कारोबारको सुरुदेखि नै गिरावट आएको बजारमा अहिले पनि गिरावट कायमै छ । यो समाचार तयारपार्दासम्म १८५ कम्पनीको ४ लाख ४१ ह्जार ८२ कित्ता सेयर १५ करोड २१ लख ४८ हजार ४८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो समाचार तयारपार्दासम्म सबै समूहको उपसूचक राताम्मे बनेको छ ।

Publish on: