इन्धनको मूल्य बढाउने बाहनामा घोटाला गरियोः सांसद अर्याल « Eglish Khabarhub

इन्धनको मूल्य बढाउने बाहनामा घोटाला गरियोः सांसद अर्याल



काठमाडौं । सांसद पद्मा कुमारी अर्यालयले इन्धनको मूल्य बढाउने बाहनामा घोटाला भएको दाबी गरेकी छिन् ।

आइतबार दिनभर पेट्रोल पम्पमा इनधन पठाएको र रातारात मूल्य बढाएर सरकारले घोटाला गरेको दाबी गरिन् ।

‘हिजो दिउसो विभिन्न पेट्रोल पम्पमा इनधन पठाएर राती एकाएक मूल्य बनाएको, भएका स्टक क्लियर नगरी पुरानो मूल्यको इनधनलाई नयाँ मूल्य कायम नगरी बिक्री गर्ने चलन नेपालमा मात्रै हो की अन्यत्र पनि छ’ उनले प्रश्न गरिन्, ‘यसरी मूल्य वृद्धि गरेर ठूलो मात्रामा घोटाला गर्ने काम भएको भएको छ ।’ यो विषयमा सरकारले संसदलाई जानकारी गराउनै पर्छ ।

मूल्यवृद्धिले जनताको ढाड सेकेको दाबी गरिन । सरकारले छोटो छोटो समयमा ४ पटक मूल्य बढाएको भन्दै तत्काल मूल्य फिर्ता लिन समेत आग्रह गरिन ।

Publish on: