नयाँ दिल्ली–जनकपुरधाम जोड्ने ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरुवात हुनु स्वागतयोग्यः संघ « Eglish Khabarhub

नयाँ दिल्ली–जनकपुरधाम जोड्ने ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरुवात हुनु स्वागतयोग्यः संघ



काठमाडौं । नयाँ दिल्ली–जनकपुरधाम जोड्ने ‘भारत गौरव पर्यटक रेल सेवा’ को सुरुवात भएको भएको भन्दै नेपाल–भारत उद्योग वाणिज्य संघले उक्त शुरुवातको स्वागत गरेको छ ।

रामायणसँग सम्बन्धीत भारतीय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रहरु भएर नयाँ दिल्लीको सफदरजंगबाट सीतामाताको जन्मस्थल नेपालको जनकपुरधामसम्म जोडेर सुरु गरिएको धार्मिक पर्यटकीय रेलसेवाको शुरुवातले नेपाल–भारत धार्मिक सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन थप टेवा पुग्ने संघले बिश्वास लिएको छ ।

भारतीय रेल मन्त्रालयको अगुवाई तथा ईण्डियन रेलवे कैटरिड्ड एण्ड टुरिजम कर्पोरेशनको प्रयास स्वरुप ६०० धार्मिक पर्यटक बोक्न सक्ने क्षमता सहित ‘भारत गौरव पर्यटक रेल सेवा’ को सुरुवात गरेको छ ।

नेपाल र भारतका नागरिकबीच रहेको धार्मिक आस्थाको जगेर्ना गर्दै दुई देशबीचको धार्मिक पर्यटनको प्रबद्र्धनले दुई देशका जनताहरुको भावनात्मक सम्बन्ध अझ मजबुत बन्नुका साथै यसले दुबै देशका पर्यटन क्षेत्रको प्रबद्र्धन तथा बिकासमा ठूलो मद्दत पुग्ने यस संघ बिश्वास ब्यक्त गरेको छ ।

Publish on: