मर्जरको प्रस्तावसहित प्रभु इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा « Eglish Khabarhub

मर्जरको प्रस्तावसहित प्रभु इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा



काठमाडौं । मर्जरको प्रस्तावसहित प्रभु इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीले असार २८ गतेका लागि विशेष साधारणसभा बोलाएको हो । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा दिउँसो ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

साधारणसभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तत् सम्बन्धी साझेदारी पत्रमा हस्ताक्षर गर्ने, चालचलन सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने तथा मर्जर तथा प्राप्तीसम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन हुने छ ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असार १९ गतेसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।

Publish on: