
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको विशेष सधारण सभा सम्पन्न भएको छ ।
धुम्रवराह पार्टी प्यालेस, धुम्वराही, काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । साधारणसभाले मर्जर सम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव अनुमोदन भएको छ ।
यस्तै, सभाले चल, अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
SHARE YOUR THOUGHTS