एक महिनाभित्र संघ संस्थामा रहेको ऋण, रोक्का जग्गाको विवरण पठाउन सहकारी विभागको निर्देशन « Eglish Khabarhub

एक महिनाभित्र संघ संस्थामा रहेको ऋण, रोक्का जग्गाको विवरण पठाउन सहकारी विभागको निर्देशन


१६ असार २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सहकारी विभागले पुराना साझा (सहकारी) संघ संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण एक महिना भित्र पठाउन निर्देशन दिएको छ ।

विभागले सूचना प्रकाशित गर्दै त्यस्ता जग्गाको विवरण साउन १७ गते भित्र पठाउन सबै पुराना सहकारीहरुलाई निर्देशन दिएको हो ।

विभागका अनुसार पुराना साझा (सहकारी) संस्थाको सम्पत्ति, दायित्व यकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको निर्णय अनुसार उक्त विवरण पठाउन निर्देशन दिएको हो ।

विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन भएको कार्यदलको बैठकको निर्णयबाट साविकका संस्थामा आवद्ध रहेका सदस्यहरुले संस्थागत २०४९ जेठ २ अगावै गरेको ऋणको कारोबारबाट उल्लेखित विषयहरु स्पष्ट रुपमा खुल्नेगरी साउन १५ भित्र पठाउन निर्देशन दिएको छ ।

संस्थाले साझा (सहकारी) संस्थालाई हालसम्म तिर्न बाँकी रहेको साँवा, ब्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्व रकम, संस्थाका सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण तथा संस्थाका सदस्यलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालिन साझा (सहकारी)संघ संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण पठाउन भनिएको छ ।

विभागले प्रदेश शहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रारको कार्यालय तथा सबै स्थानीय तहहरु र सहकारी महासंघ, केन्द्रीय सहकारी संघ, एंव जिल्ला संघलाई समेत विवरण भर्न सहयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ००:००  १० : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping