महिन्द्रा एण्ड महिन्द्राको नेपालमा ४ अर्बको कारोबार, ६ महिनामा ६ हजार युनिट बिक्री « Eglish Khabarhub

महिन्द्रा एण्ड महिन्द्राको नेपालमा ४ अर्बको कारोबार, ६ महिनामा ६ हजार युनिट बिक्री



काठमाडौं । व्यवसायिक प्रयोजनाका लागि महिन्द्रा तथा मास्टर एण्ड एशोसररिज र महिन्द्रा एण्ड महिन्द्राको नेपालको आधिकारिक बिक्रेता दुगड ब्रर्दश एण्ड सन प्रालिले एकै वर्ष ४ अर्ब ६५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

कोभिड–१९ का कारण सन् २०२० को तुलनामा २४.२२ प्रतितशले घटेको कारोबार सन् २०२१ मा ५६.९४ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब ९६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ९१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
दुगड ग्रुप अर्थात् मोतीलाल दुगडले सञ्चालनमा .ल्याएको दुगड ब्रदर्श एण्ड सनले निर्माण महिन्द्रको व्यवसायिक सवारी साधन, निर्माण क्षेत्रमा प्रयोग हुने सवारी साधनमा हाल कम्प्याटर एण्ड एसोसरिज एण्ड पीजीओका दुई पाङ्ग्रे सवारी साधनमा भेष्पा र अप्रिला बिक्री गर्दै आएका छन् ।

कम्पनीले विभिन्न देशबाट सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर २१ वटा दुई पाङ्ग्रे सवारी साधनको डिलर र १५ वटा डिलर महिन्द्रा एण्ड महिन्द्रा सवारी साधनको रहेको छ । त्यसैगरी, कम्पनीको २२ वटा शोरुम छन् ।
ट्रया्क्टर क्षेत्रमा विश्वको सबैभन्दा ठूलो उत्पादनकर्ता तथा भारतको सवारी साधनका ठूलो उत्पादनकर्ता रहेको महिन्द्रा एण्ड महिन्द्रा सन् २०२१ मा १० हजार ५८ वटा सवारी साधन बिक्री गरेको छ ।

कम्पनीले सन् २०२० मा ५ हजार ६८८ वटा मात्रै सवारी साधन बिक्री गरेको थियो । कम्पनीअनुसार सन् २०२१ मा ४ अर्ब बढीको कारोबार गर्दा ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । सन् २०२० मा २९ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

त्यसैगरी, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा २ अर्ब ५० करोड ५० लाख रुपैयाँको ६ हजार १०७ वटा सवारी साधन बिक्री गर्ने गरिसकेको छ ।

Publish on: