![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Citizen_NCC.jpg)
काठमाडौं । सिटिजन बैंक र एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
सिटिजन र एनसीसी बैंकले आज सूचना प्रकाशित गरी संस्थापक सेयर बिक्रीका लागि आह्वान गरेका हुन् ।
सिटिजन बैंकले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५२ रुपैयाँ तोकेको छ । कम्पनीले २ लाख ६५ हजार ९९९ कित्ता सेयर बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिदका लागि असार २९ गतेदेखि साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
एनसीसी बैंकले पनि प्रतिकित्ता न्यूनतम १३१ रुपैयाँमा आवेदन दिन सकिने जनाएको छ । बैंकले २६ लाख ३३ हजार १३६ कित्ता बिक्री गर्न लागेको हो । बैंकको संस्थापक सेयर खरिद गर्नका लागि असार २९ गतेदेखि साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
संस्थापक सेयर खरिदका लागि न्यूनतम न्यूनतम १ हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न आवेदन गरेको कुल सेयर जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको सीमाको अधिनमा रहने आवेदन दिनुपर्नेछ ।
जसमा १० लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र सोभन्दा बढी रकमको आवेदनका लागि प्यान नम्बर अनिवार्य गरेको छ ।
SHARE YOUR THOUGHTS