![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार १.४६ अंकले बढेको छ । चालु आर्थिक वर्षको पहिलो प्रि–ओपनिङमा बजार १.४६ अंकले बढेर परिसूचक २०१०.९२ बिन्दुमा रोकिएको छ ।
१५ कम्पनीको १ हजार ७०१ कित्ता सेयर ७ लाख १ हजार ४८६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.६६, जलविद्युत २.५७, उत्पादन तथा प्रशोध ९.३९, माइक्रोफाइनान्स समूहको उपसूचक २.९८ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/image-25.png)
SHARE YOUR THOUGHTS