मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशियन लाइफको बोनस दर बढ्यो, न्यूनतम ४० रूपैयाँ


काठमाडौं । एशियन लाइफले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट साउन १ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनदर सार्वजनिक गरेको हो ।

कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखका लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म दिने भएको छ ।

अघिल्लो आवको तुलनामा कम्पनीले बीमितलाई दिने बोनसदर बढाएको छ । अघिल्लो वर्ष अर्थात आव २०७६/०७७ मा कम्पनीले बीमितलाई न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दिएको थियो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ, सावधिक जीवन बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि ६० रूपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रूपैयाँ देखि ७० रूपैयाँ बोनस पाउने भएका छन् ।

यस्तै कम्पनीको नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्यूनतम ४० रूपैयाँदेखि ६० रूपैयाँसम्म बोनस पाउने भएका छन् ।

बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।

बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि यस कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा पनि यही बोनस दर कायम हुने कम्पनीले जनाएको छ ।