![](https://internal.appharu.com/wp-content/uploads/2022/07/9fa8c9d778c2998ac71957f429b9a5d8-1.jpg)
काठमाडौं । सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्ने उद्योग व्यवसायीले बैंकबाट लिने ऋणको ब्याजदरमा सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्रय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने घोषणा गरेको छ ।
यस नीतिले बैंकहरुले अरुलाई लिने ब्याजदरभन्दा सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्ने निजी क्षेत्रले सस्तो दरमा ब्याज पाउने छन् ।
SHARE YOUR THOUGHTS