![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को चरम लापरबाहीका कारण मर्जर प्रक्रियामा रहेको कम्पनीको पनि सेयर कारोबार भएको छ ।
शु्क्रबारको कारोबारमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएपछि बजारमा हंगामा नै मच्चिएको छ । टिएमएसमा देखिए अनुसार कारोबार रोक्का रहेको कम्पनीको करिब ६१० कित्ता सेयर किनबेच भएको छ ।
रिलायन्स लाइफ र सानिमा लाइफ इ्रन्स्योरेन्स मर्जरमा जाने भएपछि असार २९ गतेदेखि कम्पनीको सेयर करोबार रोक्का रहेको छ । तर, एकाएक रिलायन्सको कारोबार देखिएपछि नेप्सेको सिस्टममा नै प्रश्न चिन्ह उठेको छ । कारोबार बन्द भएको कम्पनीको सेयर कारोबार भएपछि के भएको भन्ने विषयमा अनुसन्धान गर्ने जनाएको छ ।
नेप्सेले सूचना नै जारी गरेर भनेको छ ‘गाभ्ने तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकोले यस सम्बन्धमा के कसो भएको हो ? भन्ने विषयमा नेप्सेले उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्से क्षमा प्रार्थी छ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/image-46-768x121.png)
SHARE YOUR THOUGHTS