समितिमा जनार्दन शर्माको जवाफः अर्थमन्त्रालयको सीसीटिभी हेर्न सभामुख आउनुभएन

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिमा सभामुख अग्नीप्रसाद सापकोटाले चाहेको भए सीसीटिभी हेर्न मिल्ने जवाफ दिएका छन् ।

समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको भन्दै सफाइ दिएको छ । जसमा एमाले फरक मत राखेको छ ।

यस्तो छ जनार्दन शर्मा र संसदीय समितिका सदस्यबीच भएको प्रश्न उत्तर

माननीय सभापतिले सुरुमा राख्नुभएका प्रश्नहरूको सार संक्षेप 

निवर्तमान मन्त्रीको जवाफको सार संक्षेप

समितिका माननीय सदस्यहरूले राख्नुभएका थप प्रश्नहरू  त्यसमा निवर्तमान मन्त्रीको जबाफको सार संक्षेप

प्रश्न : सभामुखज्यूको रोहवरमा सरकार पक्ष  प्रतिपक्षबाट एक एक जना बसेर जना बसेर फुटेज हेरौं भनेर प्रतिपक्षले पहिले नैप्रस्ताव गरेको थियो । यसलाई किन गम्भीर रूपमा लिइएन ? 

उत्तर : सभामुखसहित त्यसरी आउनुभएको भए हेर्न नदिने भन्ने कुरै हुँदैनथ्यो । आउनुभएन । 

प्रश्न : दरको हेरफेरको औचित्य पुष्टि गर्ने कागजातहरू छन् ? 

उत्तर : के गर्दा राजस्वमा कस्तो असर पर्छ भन्ने विश्लेषण सचिव र महानिर्देशकहरूले प्रेजेन्टेसन बनाएर स्क्रिनमा देखाउनुहुन्थ्यो । छलफलहुन्थ्यो, केही परिमार्जन गर्नपरे त्यही गर्नुहुन्थ्यो ।

प्रश्न : नीतिगत निर्देशन गरेर बाहिरिएँ भन्नुभएको  । तपाईंको अनुपस्थितिमा दर कसले अन्तिम गर्‍यो ? तपाईको अनुपस्थितिमाअनधिकृत व्यक्तिको प्रवेश भएन भनेर कसरी विश्वस्त हुने ?

उत्तर : मैले अन्तिम निर्णय गर्नुपर्ने कुराहरू सकिएपछि इन्ट्रि गर्ने मात्र काम बाँकी हुँदा निस्किएको हूँ । भोलिपल्ट संसदमा बजेट वक्तव्यपनि पढ्नुपर्ने भएकोले रातभरि बस्दा गाह्रो हुन्छ, केही आराम चाहिन्छ भनेर सबैको सल्लाह अनुसार नै निस्केको हुँ । बाहिरी मान्छे प्रवेश गर्नसक्ने सम्भावना नै हुँदैन । कोही आएको भन्ने कुरा छुट हो ।

प्रश्न : निर्णय प्रक्रियाका हस्ताक्षर सहितका लिखतहरू केके छन् ? 
उत्तर : मन्त्रीपरिषद् लाने प्रस्तावमा मात्र मेरो हस्ताक्षर छ । 

प्रश्न : अर्थ मन्त्रालयको लामो अनुभव भएका शोभाकान्त पौडेल जस्ता कर्मचारीहरूलाई बाहिर पठाई कम अनुभव भएका किनल्याउनुभयो ? अहिलेका धेरै सहसचिव अर्थमा कम  अरू मन्त्रालयमा बढी अनुभव भएका हुनुहुन्छ । 
उत्तर : सचिवमा बढुवा हुने बेला हुन लागेका सहसचिवलाई प्रदेशमा सचिवका रूपमा खटाइने हुँदो रहेछ । त्यही कारण पुरानाहरू प्रदेशमासरुवा हुनुभयो । नियमित प्रक्रिया अनुसार नै सरुवा भएको हो । उपसचिव सम्म अर्थ मन्त्रालयकै विशिष्टकत कर्मचारी हुने भएकोले त्यसमासमस्या हुँदैन ।

प्रश्न : सरकारको उच्च नेतृत्वमा भएका पदाधिकारीका परिवारका सदस्य संलग्न भई सेनिटरी आयात गर्ने कम्पनी खुल्नु  आयातमाभन्सार ९० प्रतिशत छुट हुनुबीच केही सम्बन्ध  ? एक किसिमका फलाम उद्योग बन्द नै हुने अवस्थामा पग्ने गरी कर बढाएर अर्कोकिसिममा छुट दिइएको  । १५० किलोवाट सम्मका विद्यतीय गाडीलाई न्यूनतम दर लिने गरेकोमा १०० किलोवाट बनाइएको  । निश्चित व्यक्ति  समूहको फाइदाको लागि दर हेरफेर गरिएको जस्तो देखिन्छ। 

उत्तर : नीतिले के गरें भन्ने विषय महत्त्वपूर्ण हो । उत्पादनलाई जोड दिएको छ । कसैलाई लक्षित गरिएको छैन । रोजगारी र उत्पादन वृद्धिभएको छ । राष्ट्रको स्वार्थमा छ । भोलि परिणामले यो देखाउने नै छ । सेनिटरी प्याडमा स्वदेशी उत्पादकमा मागहरू पनि सम्बोधन भएकाछन् । एउटा कच्चा पदार्थ प्याकिङ म्याटेरियलमा उहाँहरूले माग्नभएको छुट दिइएको छैन, ३० प्रतिशत भन्सार दर छ । त्यसको कारण केहो भने प्याकिङ म्याटेरियल नेपालमै पर्याप्त उत्पादन हुने हुँदा नेपालकै किन्नुहोस् भनेर हो । विद्युतीय गाडीमा अहिले अलि धेरै तहमावर्गीकरण गरिएको हो । त्यति गर्दा पनि यसबाट समान मूल्यका पेट्रोलियम गाडीको तुलनामा एक तिहाई मात्र राजस्व असुल हुन्छ । अन्तिम निर्णयको जिम्मेवार म है । बजेटका विषयहरू संसदमा प्रस्तुत हुनु अघि कतै लिक भएको छैन । मन्त्रालयले संस्थागत मान्यताभित्रैबसेर काम गरेको छ ।

प्रश्न : अनधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको  पत्रपत्रिकामा । रघुनाथ घिमिरेलाई चिन्नुहुन्छ ? 

उत्तर : पुराना कर्मचारीहरूलाई पनि कहिलेकाहीँ विभागहरूले केही काममा लगाउँदा रहेछन् । मन्त्रालय आउनेजाने क्रममा सामान्य चिनजानछ । नजिकबाट चिन्दिन, व्यक्तिगत सम्पर्क छैन । 

प्रश्न : तपाईंले काम गर्दा टिम स्पिरिट कस्तो थियो ? अर्थ सचिव  तपाईंसँग काम गर्न नसक्ने भनेर बिदा बस्नुभयो अनि राजीनामापछि फर्कनुभयो । 

उत्तर : टिम स्पिरिटमा मैले त केही समस्या अनुभूति गरेको थिईन । अरूले गर्नुभएको भए थाहा भएन । मैले राजीनामा दिँदैछु भन्नेसचिवलाई थाहा पनि थिएन ।