२९ मंसिर २०८२, आइतबार

वाइकोको लापरबाहीले रिलायन्स लाइफको कारोबार खुल्यो, कारबाही गर्छौः नेप्से सीईओ कार्की


काठमाडौं । वाइको नेपालको लापरबाहीका कारण कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको शुक्रबार सेयर किनबेच भएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण कार्कीका अनुसार वाइकोका प्रतिनिधि कै चरम लापरबाहीका कारण मर्जरका लागि कारोबार रोक्का भएको कम्पनीको सेयर किनेबच भएको छ ।

सीईओ कार्कीका अनुसार रिलायन्स लाइफको कारोबार भएपछि वाइकोका प्रतिनिधिसँग कुरा गर्दा उनीहरुको लापरबाही देखिएको हो । ‘कारोबार रोक्का भएको कम्पनीको सेयर किनबेच भएपछि हामीले वाइकोलाई बोलाएर सोध्यौं’ सीइओ कार्कीले भने, ‘वाइकोले जुन दिन कारोबार रोक्का भएको हो त्यस दिनदेखि बिहीबारसम्मका लागि मात्रै सिस्टममा त्यो कम्पनीको कारोबार रोक्का राखेको रहेछ, त्यसैले शुक्रबार कारोबार भएको रहेछ ।’

सेयर बजारमा लागि यो निकै गम्भिर गल्ली भएको भन्दै यस विषयमा आवश्यक अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने उनको दाबी छ । उक्त कम्पनीको शुक्रबार भएको सबै कारोबार रद्ध गर्ने पनि सीईओ कार्कीले बताए ।

शु्क्रबार कारोबार रोक्का रहेको रिलायन्स लाइफको करिब ६१० कित्ता सेयर किनबेच भएको छ ।

रिलायन्स लाइफ र सानिमा लाइफ इ्रन्स्योरेन्स मर्जरमा जाने भएपछि असार २९ गतेदेखि कम्पनीको सेयर करोबार रोक्का रहेको छ ।

मर्जरमा जान कारोबार रोक्का रहेको कम्पनीको सेयर किनबेच भएपछि नेप्सेले सूचना नै जारी गरेर भनेको छ ‘गाभ्ने तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकोले यस सम्बन्धमा के कसो भएको हो ? भन्ने विषयमा नेप्सेले उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्से क्षमा प्रार्थी छ ।’