बजारमा दैनिक ३ लाख लिटर दूध अभाव, दशैंसम्म अझै चर्किने « Eglish Khabarhub

बजारमा दैनिक ३ लाख लिटर दूध अभाव, दशैंसम्म अझै चर्किने


१५ श्रावण २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । माग अनुसार दूध उत्पादन हुन नसक्दा बजारमा दूधको अभाव चर्किएको छ । गत चैतदेखि नै दूध अभाव भएसँगै पाउडरको आपूर्ति समेत कमी भएको थियो ।

नेपालमा दैनिक ३१ लाख लिटर दूधको माग छ तर हाल बजारमा दैनिक २९ लाख लिटर दूध मात्रै आपूर्ति भइरहेको छ ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार अहिले दैनिक ३ लाख लिटर दूध अभाव भइरहेको छ ।

उनका अनुसार अहिले दूध उत्पादनका लागि सिजन होइन । विगतमा सिजन भएको समयमा बढी उत्पादन भएको दूधबाट पाउडर बनाउने र बेमौसममा पाउडरको दूध प्रयोग हुँदै आएको थियो । तर अहिले पाउडर दूधको मौज्दात नै कम छ ।

व्यवसायीहरुले असोजदेखि फागुनसम्मको अवधिमा दूध प्रशोधन गरेर पाउडर बनाउँछन् र उक्त पाउडर दूध कच्चा दूध अभावको भएको समयमा प्रयोग गर्छन् । तर, यो वर्ष दूध उत्पादन हुने मौसममा पर्याप्त दूध उत्पादन नहुँदाको असर अहिले बजारमा देखिएको हो ।

साउन १५ गते बढी दूध खपत हुने भएकाले मौज्दातमा रहेको पाउडर दूध प्रयोग गरी ५० लाख लिटर बजारमा आपूर्ति भएको उनले बताए ।

तर, तीजलगायत अन्य विभिन्न चाड पर्व नजिकिँदै गर्दा दूध अभावको समस्या अझ चर्किने उनको भनाइ छ । र, यो समस्या आगामी दशैंसम्म रहने उनले बताए ।

दूधको प्रयोग दही, घिउ, बटर, आइक्रिम बनाउन पनि प्रयोग हुन्छ ।

बजारमा दूध अभाव भएसँगै दुग्ध विकास संस्थान (डीडीसी) ले ३ महिनादेखि घिउ र बटर उत्पादन रोकेको छ ।

डीडीसीले विगतमा दैनिक १ लाख २० हजार लिटर दूध संकलन गर्दै आएकोमा पछिल्लो तीन महिनायत ७० देखि ८० हजार लिटरको हाराहारीमा मात्रै संकलन गरिरहेको उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

‘डीडीसीले उत्पादन गर्दै आएको बटर र घ्यूको माग बजारमा उच्च छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘दूध नै पर्याप्त वितरण गर्न नसकेको खण्डमा अन्य वस्तु उत्पादन गर्ने अवस्था छैन ।’

डीडीसीले बजारमा दूध अभाव भएको भन्दै विभिन्न जिल्लाका कृषकसँग पाउडर दूधलगायत अन्य वस्तु बिक्री गर्नका लागि सूची दर्ता गर्न आह्वान गरेको थियो । तर, उत्पादन नै नभएपछि दूध संकलन पर्याप्त हुन नसकेको उनको भनाइ छ ।

साउन १५ गतेका लागि डीडीसीमा मात्रै १ लाख ५० हजार लिटर दूध माग भए पनि १ लाख २० हजार लिटर मात्रै उपलब्ध गराउन सकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार ००:००  ४ : १९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping