क्यानले ल्यायो ४२ अर्बको बजेट, कर्मचारीकाे बाेनसमा छुट्यायो ४ करोड « Eglish Khabarhub

क्यानले ल्यायो ४२ अर्बको बजेट, कर्मचारीकाे बाेनसमा छुट्यायो ४ करोड



काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आवका लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

क्याले आइतबार चालु आवको बजेट सार्वजनिक गरेको हो ।

क्यानले यसका लागि सञ्चालन १४ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ, ऋण तथा सेयर वापतको १२ अर्ब २४ करोड ५३ लाख रुपैयाँ गरी २६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ स्रोतका रुपमा उल्लेख गरेको छ ।

साथै सरकारबाट प्राप्त हुने ८६ करोड ४५ लाख, गत जेठसम्म सरकारबाट फिर्ता पाउनुपर्ने रकम ३ अर्ब १ करोड ६६ लाख, साउन १ गतेसम्म पेश्की मौज्दात ३ अर्ब ५ करोड ४४ लाख रुपैयाँ र साउन १ गतेसम्म बैंकमा भएको ८ अर्ब ३५ करोड ४६ लाख रुपैयाँलाई बजेटको स्रोतका रुपमा राखेको छ ।

साथै उपयोगतर्फ पुँजीगततर्फ २६ अर्ब ८२ करोड ४१ लाख, कर्मचारी सम्बन्धी खर्चमा २ अर्ब २० करोड ४७ लाख, कर्मचारी अवकाश भुक्तानीतर्फ ७७ करोड ३० लाख र अन्य कार्य सञ्चालनका लागि ३ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ राखेको छ ।
साथै कर्मचारीलाई बोसन दिनका लागि ४ करोड १२ लाख रुपैयाँ पनि खर्चमा समावेश गरेको छ ।

१६.६७ प्रतिशत बढी आम्दानी
क्यानले गत आवमा प्रस्तावितभन्दा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । क्यानले कुल ६ अर्ब ३८ करोड २९ लाख रुपैयाँ आम्दानी हुने भने पछि कुल ७ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

क्यानले गत आवमा पुँजीगततर्फ १३ अर्ब ३६ करोड, कार्य सञ्चालनमा ३ अर्ब २६ करोड २७ लाख, वित्तीय व्यवस्थापनमा ४ अर्ब ६९ करोड ६४ लाख गरी जम्मा २१ अर्ब ३२ करोड १ लाख रुपैयाँ खर्च गरेको छ । जुन विनियोजित बजेटको ४८.८१ प्रतिशत हो ।

बजेट तथा कार्यक्रम

Publish on: