![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Gold-768x427.png)
काठमाडौं । आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।
सुनको मूल्य ५ सय रुपैयाँले घटेर ९६ हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रहेको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय रहेको थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २२५ रहेको छ ।
SHARE YOUR THOUGHTS