मन्त्रिपरिषदको निर्णयः नयाँ तलबमान लागू गर्ने, विश्व बैंक र जापानको अनुदान स्वीकृत « Eglish Khabarhub

मन्त्रिपरिषदको निर्णयः नयाँ तलबमान लागू गर्ने, विश्व बैंक र जापानको अनुदान स्वीकृत



काठमाडौं । सरकारले साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि साउन १ देखि लागु हुनेगरी नयाँ तलबमान एवम ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुर्नस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी येन २२५६ (करिब २ अर्ब १३ करोड ६४ लाख ) अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने अमेरिकी डलर १०० मिलियन (करिब १२ अर्ब ७० करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Publish on: