![](https://internal.appharu.com/wp-content/uploads/2018/07/ipo.jpg)
काठमाडौं । भदौको पहिलो साताबाट खप्तड लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १ करोड ३२ लाख रुपैयाँको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमा ६ हजार ६०० कित्ता सामुहीक लगानी कोष, २ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
भदौ १२ गतेसम्म आवेदन दिन सकिने आईपीओमा उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १३२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS