![](https://internal.appharu.com/wp-content/uploads/2021/07/sebon-768x444.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थ्राईभ ब्रोकरेज हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
ब्रोकरले धितोपत्र बोर्डबाट अनुमति नै नलिइ तनहुँ जिल्ला स्थित व्यास नगरपालिका–२, दमौलीमा शाखा कार्यालय खोलेपछि बोर्डले जरिवाना गरिएको छ ।
बोर्डका अनुसार धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ५० हजार जरिवाना गरेको हो ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’ भन्ने व्यवस्था रहेको छ ।
उक्त ब्रोकरले उल्लेखित नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिएको हुँदा जरिवाना गरिएको बोर्डले जनाएको छ ।
SHARE YOUR THOUGHTS