काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कुन नैतिकताले भन्नु म देश बनाउँदैछु भनेर भन्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
उपत्यकाको फोहोर फाल्न प्रयोग गरिने ककनीको बाटो अलपत्र पारेको भन्दै उनले प्रश्न गरेका हुन् ।
‘ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
शाहले स्ट्याटससँगै उक्त सडक खण्डको तस्बिर पनि प्रयोग गरेका छन् ।
शाहले प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी ठेकेदार भएको र सोही ठेकेदारले सडक अलपत्र पार्दा पनि ध्यान नदिएको तर्फ व्यंग गरेका हुन् । केही समयअघि प्रचण्डका घरबेटी अधिकारीले सडक निर्माणको ठेक्का लिएर निर्माण नगरी अलपत्र पारेपछि चर्को आलोचना भएको थियो । भक्तपुरमा केही स्थानीयहरुले उनको तस्बिर नै प्रयोग गरी विरोध जनाएका थिए ।
SHARE YOUR THOUGHTS