साउनमा उठेन लक्ष्यअनुसार कर, भन्सार विभागले उठायो गत वर्षभन्दा १८% कम राजस्व « Eglish Khabarhub

साउनमा उठेन लक्ष्यअनुसार कर, भन्सार विभागले उठायो गत वर्षभन्दा १८% कम राजस्व


१ भाद्र २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । साउन महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सरकार असफल भएको छ ।

साउनमा भन्सार विभाग र आन्तरिक राजस्व विभागले ८३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७२ अर्ब १९ करोड रुपैयाँ संकलन गरेका छन् । जुन लक्ष्यको ८६.७७ प्रतिशत मात्रै हो ।

आन्तरिक राजस्व विभागले साउनमा लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन गर्दा भन्सार विभागले भने लक्ष्यको ८१.०९ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

भन्सार विभागले यस वर्ष साउनमा अघिल्लो वर्षको साउन महिनाको तुलनामा ७ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ ।

२०७८ साउनमा विभागले ३९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो वर्ष साउनमा विभागले ३९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

विभागले साउनमा २१ अर्ब ३० करोड भन्सार महसुल संकलन गर्ने लक्ष्य लिएकोमा साउन ३१ गतेसम्म १४ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।

सरकारले धेरै राजस्व संकलन हुने चार पांग्रे सवारी साधानको आयातमा प्रतिबन्ध लगाएकाले लक्ष्यअनुसार भन्सार महसुल संकलन नभएको भन्सार विभागका एक अधिकारी बताउँछन् ।

‘आयात प्रतिबन्ध नहटाउँदासम्म भन्सार विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न सक्दैन,’ भन्सार विभागका एक अधिकारी भन्छन्, ‘भदौं १४ गतेपछि पनि आयात प्रतिबन्ध लगाउने निर्णय निरन्तर भए राजस्व लक्ष्य झनै प्रभावित हुन्छ ।’

भन्सार विभागले लक्ष्यअनुसार राजस्व संकलन नगर्दा आन्तरिक राजस्व विभागले भने लक्ष्य नजिक राजस्व संकलन गरेको छ ।

साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउन मसान्त सम्म ४० अर्ब रुपैयाँ संकलन गरेको विभागका महानिर्देशक रितेश शाक्यले जानकारी दिए ।

साउनमा लक्ष्यअनुसार अन्तशुल्क संकलन नहुँदा विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको शाक्यको भनाइ छ ।

‘५ करोड रुपैयाँ बढी कारोबार गर्ने संस्थाले डिजिटल बिल जारी गर्नुपर्नेलगायतका सुधारका काम शुरु भएका छन्,’ शाक्यले भने, ‘आगामी दिनमा विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्ने हामीलाई विश्वास छ ।’

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार ००:००  २ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping