![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार स्थिर बनेपछि कारोबार रकम भने घट्दै गएको छ । बजार मापन गर्ने सूचक ०.३६ अंकले घटेर परिसूचक २०४०.७० बिन्दुमा रोकिएको छ ।
२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार स्थिर बन्दा बैंकिङ समूहको उपसूचक ३.७५, जीवन बीमा समूहको उपसूचक ४५.३३ अंकले घटेको छ भने विकास बैंक २२.३२, वित्त कम्पनी ७.८९, जलविद्युत १६.३२, उत्पादन तथा प्रशोधन २.५२, माइक्रोफाइनान्स ३.०९ निर्जीबन बीमा समूहको उपसूचक ३३.०८ अंकले बढेको छ ।
कारोबारमा स्वेत गंगा हाईड्रोपावर, मदाङकिनी हाईड्रोपावर, अप्पर हेवाखोला हाईड्रोपावर,अप्पर सोलु हाईड्रो, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै सामलिंङ पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त, सिंगटी हाईड्रो इनर्जी,सबैको लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र नबिल बैंक रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/08/image-28.png)
SHARE YOUR THOUGHTS