मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ सहायक पब्लिक कम्पनीहरुको उद्घाटन « Eglish Khabarhub

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ सहायक पब्लिक कम्पनीहरुको उद्घाटन


१५ भाद्र २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना अवसरको पारेर ८ वटा सहायक कम्पनीहरुको औपचारिक उद्घाटन गरेको छ ।

मुक्तिनाथ सिड बैङ्क, मुक्तिनाथ फर्टिलाईजर बैङ्क, मुक्तिनाथ नर्सरी बैङ्क, मुक्तिनाथ लाईभस्टक बैङ्क, मुक्तिनाथ हर्बल बैङ्क, मुक्तिनाथ फूड बैङ्क, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङको शुरुवात गरेको हो ।

देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तीय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।

आफ्नो स्थापनाकाल देखिँनै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समुह, सहकारीहरुसंग सहकार्य गर्दै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेका ढकालले बताए ।

‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ र ‘सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानको शुरुवात गरी सोह अनुसारका कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जनाएको छ ।

कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिऊ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको ढकालले जानकारी ।

हालसम्म कम्पनीले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको उनले बताए ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ ।

जसमा बिऊ बैंकल गुणस्तरीय बीउ प्रवद्र्धन, मल बैंक मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंक जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरु उपलब्धता, लाइभस्टक बैंक पशुपन्छिजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्वल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको सम्वृद्धिको लागि, मेशिनरी कम्पनी नेपाल उपयोगि औजारउपकरण उत्पादन, र ट्रेड्रिङ्ग कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामाग्रिहरुको वितरणका कार्यहरु गर्ने ढकालले बताए ।

जसरी बैंक तथा वित्तिय संस्थाहरुले वित्तिय मध्यस्थकर्ताको भुमिका निर्वाह गरी वित्तिय पहुँच र परिचालनका साथै युवाहरुको रोजगारीका लागि आकर्षणको क्षेत्र निर्माणमा योगदान गरेको छ, त्यसैगरी नेपालमा कृषि जस्तो वृहत र महत्वपूर्ण क्षेत्रको विकासका लागि संस्थागत रुपमा गैरवित्तिय वस्तु तथा सेवाहरुमार्फत कृषि मध्यस्थकर्ताको भुमिका निर्वाह गरी युवाहरुलाई कृषिमा आकर्षित गराउँदै कृषिको समग्र मुल्य श्रृंखला विकासमा व्यवस्थापकीय भुमिका स्थापित गर्न सहायक कम्पनीको नामाकरणमा बैंक शब्द राखिएको उनले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ००:००  ११ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping