मलखाद कालोबजारी गर्ने कुश कृषी सहकारी संस्थाका सञ्चालक अरुण कुशवाहा पक्राउ « Eglish Khabarhub

मलखाद कालोबजारी गर्ने कुश कृषी सहकारी संस्थाका सञ्चालक अरुण कुशवाहा पक्राउ



बारा । मलखाद कालोबजारी गर्नका लागि स्टोर गरी राखेको २०९ बोरा मलखाद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका-२३ कोइरीया टोल बस्ने सोही ठाउँमा रहेकाे कुश कृषी सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई प्रहरीले पक्राउ गरेको हाे ।

सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सहकारी संस्था तलासी गर्दा डिएपी मल ११८ बोरा र खुल्ला २७ किलोग्राम, युरीया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेलासहित उनलाई पक्राउ गरेको छ ।

उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Publish on: