सेयर बजार राताम्मे हुँदा कसले कमाए, कसले गुमाए ? « Eglish Khabarhub

सेयर बजार राताम्मे हुँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबार सुरुदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३६ अंकले घटेर ३८४.५९ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको २९ लाख ९२ हजार ८३७ कित्ता सेयर १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँमा किनबेच भएको छ । बजार राताम्मे बन्दा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक ७.०७, विकास बैंक समूहको ६५.९७, वित्त कम्पनीको ४०.८८, जलविद्युत ४९.७५, जीवन बीमा १३७.४४, उत्पादन तथा प्रशोधन ५०.९२, माइक्रोफाइनान्स ६६.२९, निर्जीबन बीमा ४८.५७ अंकले घटेको छ ।

बजारमा भारी गिरावट आउँदा आरबीबी म्युचुअल फण्ड–१,नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, दोर्दीखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने हिलयन पावर पार्टनर, अपर सोलु हाईड्रो इलेक्ट्रिसिटी, रिलायन्स फाइनान्स, खानीखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले १० करोड ७४ लाख ८३ हजार ६२१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Publish on: