आर्थिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सेजन र नेपाल बारबीच सम्झौता « Eglish Khabarhub

आर्थिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सेजन र नेपाल बारबीच सम्झौता


१५ भाद्र २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एशोसिएसनबीच आर्थिक पत्रकारहरुलाई आर्थिक तथा व्यवसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ ।

नेपाल बार एशोसिएसनको कार्यालय रामशाहपथमा एक कार्यक्रमकाबीच दुई पक्षबीच सम्झौता गरिएको हो ।

सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गरेका छन् ।
आर्थिक तथा व्यावसायिक कानूनका विषयमा सेजनका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्ने तालिममा एशोसिएसनको तर्फबाट स्रोत व्यक्ति उपलब्ध गराउनेबारे द्विपक्षीय सम्झौतामा उल्लेख छ ।

तालिमका लागि स्रोत व्यक्तिका रुपमा अर्थ क्षेत्रसँग सम्बन्धित विज्ञ वरिष्ठ अधिवक्ताहरु बार एशोसिएसनले उपलब्ध गराउने भने अन्य व्यवस्थापन सेजनले गर्ने समझदारीपत्रमा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बार एसोसियसनका बागमती प्रदेश उपाध्यक्ष हर्कबहादुर रावलले यस्ता किसिमका क्षमता विकास कार्यक्रमले समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए ।

‘मुलुकको आर्थिक सामाजिक विकासमा प्रोफेसनलहरुबीचको सहकार्यले महत्वपूर्ण योगदान गर्छ,’ उपाध्यक्ष रावलले भने ।
बारकी महासचिव अन्जिता खनालले सेजनसँगको सहकार्यले बारलाई समेत सम्बन्धित विषयका विज्ञहरुको रोष्टर तयार पार्न सहयोग पुग्ने बताइन् । यो सहकार्यको सुरुआत भएको भन्दै आगामी दिनमा अझ बढी सहकार्यका ढोका खुल्ने उनले बताइन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारलाई आर्थिक तथा व्यावसायिक कानूनको रिपोर्टिङ तथा सम्पादन गर्न यो तालीम महत्वपूर्ण सावित हुने बताए ।

‘आर्थिक कानुनका विषयमा पत्रकारहरुको क्षमता विकासले पत्रकारिताको गुणस्तर विकास हुन्छ, जसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नसक्छ,’ अध्यक्ष बरालले भने । उनले पत्रकारले सिक्दा सही समाचार सम्प्रेषण हुने र यसले समाचारको गुणस्तर र विश्वसनीयता समेत बढाउने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ००:००  ४ : ४१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping