राष्ट्रिय वाणिज्य बैंक र तीन पालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता « Eglish Khabarhub

राष्ट्रिय वाणिज्य बैंक र तीन पालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता


१५ भाद्र २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि पालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए ।

गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवद्र्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बारपाक २०७२ सालको भूकम्प पीडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक पुर्नउद्धारमा सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ००:००  ५ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping