प्रधानन्यायाधीशको पहिलो दिनको बयानपछि कुन सांसदहरुले के भने ? « Eglish Khabarhub

प्रधानन्यायाधीशको पहिलो दिनको बयानपछि कुन सांसदहरुले के भने ?


१५ भाद्र २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले महाअभियोग नै निष्कृय भइसक्यो भन्नुको तुक नरहेको बताएका छन् ।

सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले बयानकाका क्रममा महाअभियोग प्रश्ताव नै संविधान बमोजिम अघि नबढ्दा निष्कृक्रय बनिसकेको बयान दिएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताए ।

उनले महाअभियोग प्रश्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताए । उनले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३÷४ दिनसम्म लगातार चल्ने जानकारी गराए । सांसद पोखरेलले प्रधानन्यायधीश जबराबिरुद्ध तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेको उल्लेख गरे ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए । उनले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूबिरुद्ध महाअभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राखेको उल्लेख गरे ।

बैठकपछि नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाअभियोग लगाएको र महाअभियोग प्रश्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रश्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताए ।

उनले शुरुको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको बताए ।

बैठकपछि नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिए । उनले नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहेपनि समिति सभापति र अन्य सांसदहरु नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताए । यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धारणा राखिन् । उनले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको जानकारी गराइन् ।

सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताइन् । उनले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्व प्रधानन्यायाधीश र न्यायधीशहरुमाथि प्रश्न उठाएको बताइन् ।
प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाई गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीवार ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ००:००  ६ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping