![](https://internal.appharu.com/wp-content/uploads/2022/09/himalayan-everest-insurance-logo-768x398.png)
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ वटा शाखा कार्यालय विस्तार गर्ने भएको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ ठाउँमा शाखा कार्यालय विस्तार गर्ने भएको हो ।
शाखा कार्यालय सञ्चालनका लागि इन्स्योरेन्सले ५ सयदेखि १ हजार वर्ग फिटसम्मको क्षेत्रफल भएको कार्यस्थल र भवन बहालमा लिने भएको छ ।
कम्पनीले काठमाडौं उपत्यकाभित्रका चावहिल चोकदेखि चुच्चेपाटीसम्म, कालिमाटीदेखि कुलेश्वर वा सोल्टीमोडसम्म, सूर्यविनायक/जगते/कमलविनायक र सामाखुसी चोकदेखि गोगंबुसम्म भवन बहालमा खोजेको हो ।
काठमाडौं उपत्यकाका बाहिर विभिन्न १५ ठाउँमा इन्स्योरेन्सले शाखा कार्यालय विस्तार गर्ने जनाएको छ । जसका लागि कम्पनीले झापाको काकटभिट्टा, सुनसरीको दुहबी, बाराको निजगढ, दाङ्गको तुलसीपुर, सुर्खेतको छिन्चु, कैलालीको अत्तरीया, चितवनको पर्सा, बाँकेको नेपालगंज, मोरङ्गकोपथरी, बाराको कलैया, परासीको परासी बजार, बाँकेको कोहोलपुर, कैलालीको लम्की, कास्कीको लेखनाथ, र धनुषाको महेन्द्रनगर घर बहालमा खोजेको हो ।
इच्छुक घरधनीलाई १५ दिनभित्र कम्पनीको सामान्य सेवा विभाग, थापागाउँ, काठमाडौंमा प्राप्त हुने गरी शिलबन्दी पेस गर्न इन्स्योरेन्सले अनुरोध गरेको छ ।
प्रतिक्रिया