१९ निर्माण कम्पनीलाई प्रश्नः कालोसूचीमा किन नराख्ने ? « Eglish Khabarhub

१९ निर्माण कम्पनीलाई प्रश्नः कालोसूचीमा किन नराख्ने ?



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ।

कालोसूचीमा किन नराख्ने भन्दै कार्यालयले कार्यालयले सोमबार १९ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण सोधेको हो ।

समयमा कान नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुपूर्व प्रक्रिया पूरा गर्दै कार्यालयले स्पष्टीकरण सोधेको हो।

यसअघि सम्बन्धित निर्माण कम्पनीको ठेगानामा ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा कुनैबाट जवाफ नआएकाले सार्वजनिक सूचना जारी गरेको कार्यालयले जनाएको छ।

Publish on: