सेयर बजारसँगै घट्दै कारोबार रकम « Eglish Khabarhub

सेयर बजारसँगै घट्दै कारोबार रकम



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको भएपनि कारोबार रकम भने निकै घटेको छ । बजारमा आएको गिरावटका साथै घट्दो कारोबार रकमका कारण बजारप्रति लगानीकर्ताको आकर्षण घट्न थालेको चर्चा पनि सुरु भएको छ ।

केही समययता बजारमा कारोबार रकम न्यून हुँदै आएको थियो । सोमबार पनि कारोबार रकम निकै घटेको छ ।
बजार मापन गर्ने सूचक ४.२९ अंकले घटेर परिसूचक १९७३.०१ बिन्दुमा रोकिएको छ ।

२२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम १ अर्ब भन्दा कम रहेको छ ।

बजारमा सामान्य गिरावट आउँदा बैंकिङ समूहको उपसूचक १.३९, विकास बैंक १०.८९, वित्त कम्पनी ९.८८, जलविद्युत ६.१०, जीवन बीमा ५.०६, निर्जीबन बीमा ४.३७, अन्य समूहको उपसूचक १५.२१ अंकले घटेको छ ।

बजारमा गिरावट आउँदा पनि मैलुङ खोला जलविद्युत कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, रिडी पावर कम्पनी, अपर सोलु हाईड्रोपावर, ग्रिन भेन्चर्सका लगानीकर्ताले कमाएका छन् भने रु रु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर ओरियन्टल होटलका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७२१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स र नबिल बैंक रहेको छ ।

Publish on: